|

धनकुटा : धनकुटा जिल्लाको हिलेमा ५ महिनाअघि हत्या गरिएका इटहरीका ३८ वर्षीय रामबावु चौधरीको हत्यामा संलग्न २ जनालाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत धनकुटाका न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजालासले सो फैसला सुनाएको हो।

गत कात्तिक १७ गते धनकुटा नगरपालिका १ हिलेस्थितमा लागेको मिनी मेलामा हत्या गरिएका रामबावु चौधरीको मुख्य योजनाकार उनकी श्रीमती वर्ष २९ की प्रिया चौधरी र उनको प्रेमी धनकुटाको साँगुरीगढी गाउँपालिका ९ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालावन्जार बस्ने वर्ष ३१ का सविन राईसँगको प्रेम सबन्धको कारण हत्या भएको थियो।

हत्या गर्ने मुख्य योजनाकार निज चौधरीका श्रीमती प्रिया चौधरी र हत्यारा राईलाई जिल्ला अदालत धनकुटाले २ लाख रूपैया जरीमाना सहित जन्मकैदको फैसला सुनाएको हो। उनीहरुलाई पक्राउ गरि गत माघ १८ गते प्रहरीले सार्वजनिक गरेको थियो। गत कात्तिक १७ गते हिलेमा लागेको मिनी मेलाभित्र सुतेका चौधरीको धारीलो हतियारले घाँटी, छाती र हातका औँला काटी मेलाभित्र सटेज छेउमा हत्या भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.