|

बैतडी  : प्रदेशस्तरीय अण्डर १६ क्रिकेट प्रतियोगिता खेल्न बैतडीवाट ५ खेलाडी छनोट भएका छन्। 

छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनिल चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउँद रहेका जिल्ला क्रिकेट संघ बैतडीका सदस्य तेजप्रकास भट्टले जानकारी दिए। विभिन्न क्लबहरूबाट सहभागी भएका खेलाडीहरूलाई छनोट गरिएको हो।  छनोट भएका खेलाडीहरूबाट चैत ८ र ९ गते कैलालीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा प्रदेशस्तरिय छनोट प्रतियोगिता हुनेछ।

उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताका सुदूरपश्चिमका सबै जिल्लाबाट छनोट भएर आएका खेलाडीबाट सुदूरपश्चिमको एक टोली छनोट प्रतियोगिता हुने प्रशिक्षक दीपेन्द्र बोहराले बताए। सुदूरपश्चिमवाट छनोट भएको टोलीले राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने बताइएको छ। राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीबाट एसिसि अण्डर १६ खेल्न नेपाली टोलीका लागि छनोट हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.