|

काठमाडौं : अनामनगरस्थित मण्डला नाटकघरमा शुक्रबारदेखि नाटक ‘जोखाना’मञ्चन हुने भएको छ।

किरण चाम्लिङ राईले निर्देशन गरेको ‘जोखाना’ बियस राईको कथासंग्रह ‘हिउँमाझी’मा संग्रहित कथामा आधारित नाटक हो।

साहित्यकार राजन मुकारुङले कथालाई नाटकमा रुपान्तरण गरेका हुन। नाटकलाई यसअघि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०७५ मासमेत मञ्चन गरिएको थियो।

नाटकमा संगीता थापा, रुपेश लामा, अनिल सुब्बाको मुख्य भूमिका रहेको छ। नाटकमा सन्जिव राई, कविराज राई, मानहाङ राई, पवित्रा राई, निशा पाख्रिन, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको पनि अभिनय रहेको छ।

चैत्र ८ गतेबाट मञ्चनको शुरु हुने नाटक सोमबारबाहेक एक महिनासम्म नियमित मञ्चन गरिने निर्देशक किरणले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.