|

बेलायती सञ्‍चारमाध्यम बीबीसीले आफ्नो कार्यक्रम १०० वुमनअन्तर्गत यस साता जीवित देवी 'कुमारी' का विषयमा वृत्तचित्र प्रशारण गर्ने भएको छ।

'शताब्दीऔंदेखि नेपालमा कुमारीको पुजा हुदैंछ आएको छ। बौद्ध र हिन्दू धर्मालम्वीहरुले कुमारी चयन गरेर पुजा गर्छन्। उनीहरुलाई जीवित देवी भनिन्छ।' बीबीसीले कुमारीका विषयमा लेखेको छ,'कुमारीको चयन गरेपछि उनलाई मन्दिरमा सीमित राखिन्छ। बाहिरी दुनियाँसँग उनको सम्बन्ध हुदैंन।'

कुमारीका विषयमा तयार पारिएको वृत्तचित्र बीबीसी वल्र्डबाट नेपाली समयअनुसार आइतबार ३:१५ र सोमबार ३;१५ बजे प्रशारण हुनेछ। शहार जन्दले नेपाल भ्रमण गरेर यो विषयमा सामाग्री तयार पारेकी छन्। उनले यस परम्पराले महिलालाई शक्तिशाली बनाउँछ वा उनीहरुको शोषण गर्छ भन्‍ने प्रश्न राखेकी छिन्। यस भिडियोलाई भ्लादिमिर हर्नान्डेज र क्रिस वेस्टले निर्माण गरेका हुन्।

वृत्तचित्रमा यसअघि कुमारी घरमा बसेका पूर्व कुमारी तथा अहिलेकी कुमारीसँग अन्तरवार्ता गरिएको छ। 

बीबीसीको १०० वुमन कार्यक्रममा महिलाहरुले आफ्ना कथा सुनाउँछन्। महिलाका अफ्टेरा, प्रेरणा र रोचक कथाहरुलाई यस कार्यक्रममा बीबीसीले समावेश गर्दै आएको छ।

वृत्तचित्रको ट्रेलर हेर्न यस यहाँ क्लिक गर्नुहोस्

बीबीसीबाट 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.