समृद्ध महानगर बनाउन एकाकार भएर अघि बढ्ने प्रतिबद्धता

|

चितवन :  भरतपुर महानगरपालिकामा लामो समयदेखि रहेको प्रमुख र उपप्रमुखबीचको विवाद टुंगिएको छ। महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले विभिन्न विषयमा सहमति गरेसँगै विवाद टुंगिएको हो । 

दुवैले आफूहरूबीच उत्पन्न असमझदारीलाई संवादको माध्यमबाट समाधान गरी पुनः त्यस्ता असमझदारी उत्पन्न हुन नदिने प्रतिबद्धता जनाएका छन्। निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूको परिपूरक भूमिका हुने कुरालाई दृष्टिगत गर्दै संविधान, प्रचलित कानून र नीति तथा कार्यक्रमको मर्मअनुसार संलग्न सबैमा एउटै बुझाइ गरिने सहमतिमा उल्लेख छ । 

यस्तै कार्यपालीका बैठक, कार्यपालिकाले गठन गरेको समितिहरुको बैठक सञ्चालन र निर्णयहरुको कार्यन्वयनलाई थप प्रभावकारी बनाउने, आवश्यकता अनुसार कार्यपालिका समिति गठन गर्ने, समिति गठन गर्दा विषयविज्ञ तथा सन्तुलित प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लगायत बुँदामा सहमति भएको प्रमुख दाहाल र उपप्रमुख शाहद्वारा संयुक्तरूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तीमा महानगरपालिकामा रहेका विकास निर्माणका सम्भावना, हालसम्मको उपलब्धि र भावी कार्यदिशा सम्बन्धमा थप उर्जाशील र क्रियाशील भई व्यवस्थित र समृद्ध महानगर बनाउने विषयमा एकाकार भएर अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ। साथै दाहाल र शाहले एक अर्काले रंग लगाएर सँगै होली खेलेको तस्विर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। 

प्रतिबद्धतासहितका सहमतिसँगै होली खेलेका तस्विर सार्वजनिक भएपछि महानगरवासी पनि खुशी भएका छन्। महानगरका प्रमुख, उपप्रमुख र कर्मचारीबीच विगत लामोस मयदेखि विभिन्न विषयमा देखिएको मतभेदअन्त्य भएसँगै महानगरवासी खुशी भएका हुन्। प्रदेश सासंद मिलनबाबु श्रेष्ठको अगुवाइमा सहमति जुटेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.