राजनीति

कूटनी‍तिक सम्बन्धको ६० वर्षपछि नेपालले अर्जेन्टिनासँग व्यापारिक सम्बन्धका लागि औपचारिक आग्रह गर्‍याे
SHARES

चैत ८, २०७५

    काठमाडौं : नेपाल र अर्जेन्टिनासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षपछि नेपालले व्यापारिक सम्बन्ध स्थापनाका लागि  अर्जेन्टिनासँग औपचारिक आग्रह गरेको छ। 

    सन् १९६२ मा दुई मुलुकबीच सम्बन्ध स्थापित भएपनि अर्जेन्टिनाले अग्रसरता नदेखाउँदा व्यापार लगायत विषयमा सहकार्य हुन सकेको छैन। फकल्याण्ड टापुका कारण अर्जेन्टिना र नेपालबीच कूटनीतिक सम्बन्ध विग्रिएको छ। अर्जेन्टिनाको बोईनस एरिसमा जारी दक्षिण–दक्षिण साझेदारी अर्थात बापा सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्जेन्टिनासँग व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका हुन्। नेपालसँगको व्यापारले अर्जेन्टिनालाई समेत फाइदा पुग्ने भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले कृषि, पर्यटन तथा खेलकुद क्षेत्रमा लगानी गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    नेपाल संघीयतामा गएसगै नेपालमा अवसरका थुप्रै सम्भावना रहेको बताउँदै मन्त्री ज्ञवालीले समृद्ध नेपालको सरकारी योजनाबारे समेत जानकारी गराए।   साथै, नेपाल लगायत अन्य भूपरिवेष्ठित विकासशील राष्ट्रहरुको आवश्यकता र चुनौतीबारे पनि उहाँले सम्मेलनलाई जानकारी गराएको विज्ञप्तीमा उल्लेख छ। भौतिक संरचना, व्यवधानमुक्त व्यापार, ट्रान्जिट सुविधा तथा उच्चस्तरीय साझेदारी र भूपरिवेष्ठित विकासशील राष्ट्रहरुबीच आवश्यक रहेको पनि मन्त्री ज्ञवालीको धारणा थियो। अर्जेन्टिना र सबै एसियाली मुलुकबीच आपसी समन्वयका लागि मन्त्री ज्ञवालीको जोड थियो।  सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले रोमानियाका विदेशमन्त्री तथा राष्ट्रसंघीय प्रतिनीधिसँग आपसी सम्बन्ध र द्धिपक्षीय तथा बहुपक्षीय हितबारे छलफल गरेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]