समाज : सुरक्षा/अपराध

तनहुँमा बस दुर्घटना एकको मृत्यु, तीन घाइते
SHARES

चैत ८, २०७५

    तनहुँ : तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा  रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    उनको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुघटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा रिसिङ–६ का ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन्। घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]