समाज : सुरक्षा/अपराध

बैदेशिक रोजगार विभागका सुब्बा ६० हजार घुससहित समातिए
SHARES

चैत ८, २०७५

    काठमाडौं : बैदेशिक रोजगार विभाग काठमाडौंका नायब सुब्बब रामकुमार फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन्। 

    फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम मागेको भन्ने उजुरीका आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आगोगका पदाधिकारीले उनलाई पक्राउ गरेको हो।  

    फुयाँलले सेवाग्राहीसँग साठी हजार घुसबापतको रकम लिई जिल्ला काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात निज धुर्व खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा दुवैलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट बिहिबार साँझ नियन्त्रणमा लिइएको हो। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]