समाज

खाद्य संस्थानकै नापतौल उपकरण नक्कली!
SHARES

चैत ८, २०७५

    जाजरकोट :  नेपाल खाद्य संस्थान बारेकोट गाउँपालिकामा घाट डिपोमा प्रयोग भएका सामग्री नै नक्कली भएको पाइएको छ। डिपो कार्यालय घाटको अभिलेख रजिष्टरमा हेर्दा ३५ प्रकारका सामग्री रहेको अभिलेखिकरण गरिएको छ। 

    नाप, तौल गुणस्तर विभाग  कार्यालयले प्रमाणित नगरेका काठबाट निर्माण गरीएका तराजु प्रयोग भएको पाइएको छ। ढुङगाबाट निर्माण गरिएका ढकहरु प्रयोग भएको पाइएको छ। कार्यालयमा रहेको अभिलेख भन्दा फरक तरिकाले घाट डिपोमा काम हुँदै आएको छ। काठ तथा ढुङगाबाट बनेका सामग्रीबाट दैनिक नापतौल गरेर खाद्यान्न बिक्री, वितरण गरी  उपभोक्ता ठग्ने काम हुँदै आएको पाइएको छ। 

    नायकबाडा घाट डिपोमा दुइ वर्ष अघि खरिद गरि गरी अभिलेखमा पुगेका भनिएका सामग्रीहरु कहाँ छन् भनि सोधिएको प्रश्नमा नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले भने, ‘घाट कार्यालयमा होलान् नि?’ हामीले कार्यालयमा नभेटेर प्रश्न गरेको भन्ने जिज्ञासामा उनले भने ‘बाटोमा जाँदै होला उसो भए।’  दुई वर्ष अघि खरिद गरिएको दैनिक प्रयोगमा आउने नाप, तौलका सामग्रीहरु बीचबाटोमै लथालिङक हुँदा सम्म ध्यान नदिने गैरजिम्मेवारी कार्यालय प्रति बारेकोटबासी आक्रोशित भएका छन्। 

    विसं २०५१ सालमा स्थापना भएको संस्थानको घाट डिपो विसं २०५२ सालदेखि २०६७ सम्म खाद्य व्यवस्थापन समितिद्धारा संचालनमा रहेको थियो। सो समयमा खरिद गरिएका सामग्रीहरु पनि कार्यालयमा भेटिएका छैन्न्। 

    विसं २०६७ देखि नायकबाडाको घाट खाद्य डिपो नेपाल खाद्य संस्थानका वरिष्ठ सहायक कर्मचारीबाट सञ्चालन हुँदै आएको छ। तत्कालिन नायकबाडा गाउँ विकास समितिको सहयोगमा घाट खाद्य डिपोको भवन निर्माण गरिएको थियो। जिर्ण अवस्थामा रहेको  भवनमा चामल राख्न समस्य हुँदा, हुँदै पनि  सोही ठाउँमा चामल राख्न बाध्य भएको घाट डिपोका प्रमुख रुद्र देवकोटाले जानकारी दिए। 

    भवनको छानो मर्मतका लागि गत वर्ष बारेकोट गाउँपालिकाले –२ लाख बजेट विनियोजन गरेको भएतापनि कामनै नगरेपछि उक्त बजेट फ्रिज भएको थियो। अहिले खाद्य डिपो भवनको छाना मर्मत गर्ने भनेर नेपाल खाद्य संस्थानले–एक लाख ५० हजारको अख्तियारी दिएको छ तर, अन्तिम चौमासिक लागि सक्दापनि कामको सुरुवात भएको छैन्।

    खाद्य डिपोको नाममा आउने बार्षिक झण्डै ६० हजार बराबरको बजेट पनि नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोट आफैले चलाउने गरेको देवकोटाले गुनासो गरे।  डिपो कार्यालयको छाना मर्मतको लागि बारेकोट गाउँपालिकाले दुई लाख बिनियोजन गरेको आफुलाई जानकारी नभएको र आर्थिक वर्षको असार मसान्तमा मात्र आफुलाई जानकारी भएको शाखा कार्यालय प्रमुख बस्नेतले बताए।

    चालु आर्थिक बर्षमा घाँट खाद्य डिपोको छाना मर्मतका लागि संस्थानबाट अख्तियारी प्राप्त १ लाख ५० हजारको काम गर्नको लागि यहाँबाट प्राविधिक स्टीमेट बनाएर प्रधान कार्यालयबाट स्वीकृत भएपछि मात्र काम सुरुवात हुने प्रमुख बस्नेतको भनाई रहेको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]