समाज

सडक खन्दा भेटिए चाँदीका सिक्का, मुगलकालिन हुनसक्ने अनुमान
SHARES

चैत ८, २०७५

    बर्दिया : बारबर्दिया नगरपालिका ६ सोनपुरदेखि जोगनपुर सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेका छन। प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए।

    सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ। १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ।

    नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ। चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ। तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]