राजनीति

विप्लवलाई विध्वंश छोड भन्दा चित्त दुखाउने पनि छन् : प्रधानमन्त्री
SHARES

'पार्टी एकता आकस्मिक रूपमा टुंगिन्छ'

चैत ८, २०७५

    भैरहवा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई विश्वंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आग्रह गर्दा केही व्यक्तिहरूको चित्त दुखेको बताएका छन।

    नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरूसित कुरा गर्दै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आग्रह गरेको पनि जानकारी दिए।

    सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए। 'तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन', प्रधानमन्त्रीको भनाइ थियो, 'विप्लवलाई त्यसो नगर्नु भन्दा विप्लवसँग असम्बन्धित अरुले चित्त दुखाएका पनि छन्, यो चित्तदुखाई देशका हितमा छैन।'

     प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रूपमा टुंगिने बताए। नेकपाको स्थानीय तहको एकता आकस्मिकरूपमा टुंगिने उनको दाबी थियो।

    'चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै महत्वपूर्ण काम पनि आकस्मिकरूपमा टुंगिएका छन्', ओलीले भने, 'स्थानीय तहका एकता पनि आकस्मिक रूपमा नै टुंगिनेछ।'

    प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन भएपछि पर्यटकको उल्लेखनीय आगमन हुने विश्वास व्यक्त गरेका थिए।
    प्रधानमन्त्रीले विमानस्थलको निरीक्षण पनि गरे र काम छिटो सक्न निर्देशन दिएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]