विश्व

चीनका दुई ठूला कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा
SHARES

चैत ८, २०७५

    संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसंघीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ।

    अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनी डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

    उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको अमेरिकी आरोप छ। यस्तो धन्धामा अरु एक दर्जन कम्पनी संलग्न रहेको भन्दै सूक्ष्म अनुसन्धान भइरहेको अमेरिकाको अर्थ मन्त्रालयले जनाएको छ।

    भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता विफल भएपछि पछिल्लो प्रतिबन्ध लगाइएको छ।

    अमेरिकाले उत्तर कोरियामाथि आणविक हातहतियारको उत्पादन र क्षेप्यास्त्र प्रणाली विकास कार्यक्रम स्थगित गर्न एवं आफूसँग रहेका सबै किसिमका आणविक अस्त्र नष्ट गर्न दबाब दिइरहेको छ। उत्तर कोरियाले भने राष्ट्रसंघीय प्रतिबन्ध तत्काल फुकुवा हुनुपर्ने शर्त राखेको छ।

    'संयुक्तराज्य अमेरिका र यसको दृष्टिकोणसँग मिल्दाजुल्दा साझेदारहरू उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्णरूपमा त्यागोस् भन्ने चाहन्छन्', अर्थ मन्त्री स्टिभेन मन्चिनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

    सन् २०१७ मा उत्तर कोरियाले आणविक हातहतियार र ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेलगत्तै राष्ट्रसंघले उत्तर कोरिया विरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरिएको छ। उक्त प्रतिबन्धहरूमा उत्तर कोरियाले प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न र कोरियाबाट कोइला निर्यात गर्न नपाइने रहेका छन।

    अमेरिकी अर्थ मन्त्रालयकाअनुसार गत वर्ष कम्तीमा २६३ ट्यांकर प्रशोधित पेट्रोलियम गैरकानुनी किसिमबाट उत्तर कोरिया भित्रिएको थियो। यदि ती ट्यांकर पूरा भरिएको अवस्थामा रहेका भए कोरियाले करिब ३७ लाख ८० हजार ब्यारेल इन्धन आयात गरेको देखिन्छ।

    राष्ट्रसंघले तोकेको भन्दा यो झण्डै ८ गुणा बढी आयात हो। प्रति वर्ष पाँच लाख ब्यारेल तेल मात्र उत्तर कोरियाले आयात गर्न पाउने गरी राष्ट्रसंघले सीमा तोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]