|

काठमाडौं : अर्थशास्त्री डा. मदनकुमार दाहालको  निधन भएको छ। दाहालको शुक्रबार दिउँसाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो।

उनको ७२ वर्षको उमेरमा निधन भएको हो।

मेगा कलेज र मेगा बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षसमेत रहेका दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। दमको बिमारबाट पिडित दाहाल अन्तिम समयमा प्यांक्रियाजको संक्रमणबाट ग्रस्त थिए। 

राजश्व परामर्श समितिमा बसेर समेत काम गरेका दाहालकी एक श्रीमती छन।उनले लेखेका अर्थशास्त्र सम्बन्धी दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।

दाहालको शुक्रबार अपरान्ह साढे चार बजे दाहसंस्कार हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.