|

विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको छ। प्रतिस्पर्धामा भारतले नेपालका विरुद्ध १ गोल गरेको ६ मिनेटपछि नेपालकी जर्सिनम्बर ९ कि सावित्री भण्डारीले भारतलाई पुन गोल फर्काइन्।

दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औँ मिनेटमा भारतकी जर्सी नम्बर १७ कि जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो। यस्तै, खेलको ३२ औँ मिनेटमा नेपालको तर्फबाट गोल भएको हो।

जारी खेल निक्कै नै प्रतिस्पर्धात्मक बनिरहेको छ। रंगशालामा भरिभराउ नेपाली समर्थकको साथ पाएको नेपाली टोलीले अहिलेसम्म केही उत्कृष्ट प्रहार गरेको भएपनि गोल गर्न भने सकेको छैन। भारत र नेपाल दुवै टोलीको खेल आक्रमक ढंगले अगाडि बढिरहेको छ। नेपाली दर्शकले निरन्तर खेलाडीलाई हौस्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.