|

विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको छ। पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १–१ गोल रहेको छ।

दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औँ मिनेटमा भारतकी जर्सी नम्बर १७ कि जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो। यस्तै खेलको ३३ औं मिनेटमा नेपालको तर्फबाट जर्सिनम्बर ९ कि सावित्री भण्डारीले भारतलाई पुन गोल फर्काउन सफल भइन्।

जारी खेल निक्कै नै प्रतिस्पर्धात्मक बनिरहेको छ। रंगशालामा भरिभराउ नेपाली समर्थकको साथ पाएको छ। नेपाली टोलीले केही उत्कृष्ट प्रहार गरेको भए पनि थप गोल गर्न भने सकेन। नेपालकी खेलाडी सावित्री भण्डारीका केही उत्कृष्ट प्रहारहरू भारतीय गोलकिपरको सामू निष्क्रिय बनेको थियो।

भारत र नेपाल दुवै टोलीको खेल आक्रमक ढंगले अगाडि बढिरहेको छ। नेपाली दर्शकले निरन्तर खेलाडीलाई हौस्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.