|

काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिमा केन्द्रित भएर आवश्यक योजनाहरू तय गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।  मदन भण्डारी फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजनालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने पनि स्पष्ट पारे।

उपप्रधानमन्त्री पोखरेलले संविधानले नै संघ, प्रदेश र स्थानीय तहको काम बाँडफाँड गरिदिएकाले सोही अनुसार कामअघि बढनेमा पनि विश्वस्त हुन आग्रह गरे। सरकारले संविधानको मर्मअनुसार अघि बढनका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.