|

काठमाडौं : राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए।

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशोधन पनि भएर आएको र आवश्यक परे भविश्यमा संशोधन गर्न सकिने भएकाले विधेयक पास गरी सहयोग गर्न आग्रह गरेका थिए।

संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरेका थिए। कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउदा स्वदेशी कामदारको रोजी रोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उनले संसोधन दर्ता गराएका थिए।

विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्री लगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखि ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ।

राष्ट्रिय सभाको अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.