|

काठमाडौं : डेढ करोड बढी भ्रष्टाचार गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद विकविरुद्ध अदालतमा मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकले स्रोत खुल्न नसकेको १ करोड ८२ लाख ६७ हजार गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

२०६६ देखि २०६८ सम्म राहत कोटामा श्रीकृष्ण मावि रोल्पामा शिक्षकको रूपमा समेत कार्यरत रहेका विकले २०६६ देखि २०७५ मंसिर मसान्तसम्म आफ्नो र श्रीमती आइतमाली विकको समेत आय, जग्गा विक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट १ करोड २७ लाख ६६ हजार ९ सय  ४५ आय आर्जन गरेको देखिएको छ। सोही अवधिमा घर, जग्गा, सवारी साधन खरिद¸ व्यवसायमा लगानी, कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात लगायतमा ३ करोड १० लाख ३४ हजार ७  सय २४ खर्च तथा लगानी गरेको देखिएको भन्दै अख्तियारले विकको १ करोड ८२ लाख ६७ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको जनाएको छ।

अख्तियारले विक उपर विगो १ करोड ८२ लाख ६७ हजार कायम गरी कैद सजाय साथै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै श्रीमती आइतमाली विकलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.