|
प्रतीकात्मक तस्बिर

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–४ फिरफिरे सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। बुधबार दिउँसो फिरफिरे सामुदायिक वन ढाडे भीरबाट सुरु भएको आगो हावा हुरी कारण नियन्त्रण लिन नसकिएको वडा नम्बर–४ का अध्यक्ष सजित राईले जानकारी  दिए।

आगोले वडा नम्बर ४ ,१० र ११ का बस्ती जोमिममा परेको अध्यक्ष राईले बताए। आगो बिहीबार स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिए पनि हावा हुरीका कारण पुनः फलिएको अध्यक्ष राईको भनाइ। हावा हुरी र चारैतिर भीर भएको र कारण आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए।

बुधबार लागेको आगो अहिले ४ नम्बर वडाको चन्द्रमुखी टोल, डाडाँ गाउँ र ४ नम्बरसँग जोडिएका १० र ११ का केही बस्तीसमेत जोमिममा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश कुमार राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.