राजनीति

प्राधिकरणले इन्जिनियरहरूको रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउने
SHARES

चैत ८, २०७५

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता गत साउन महिनादेखिकै उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। शुक्रबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सरोकारवाला निकायसँगको भेटमा उनले गत साउन महिनादेखिकै पुनर्निर्माणका खटिएका इन्जिनियरहरुको प्रोत्साहन भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति लिइएको पनि स्पष्ट पारे।

    पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका थिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले इन्जिनियरहरूको सेवा सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दै आन्दोलन छोडेर पुनर्निर्माणको काममा केन्द्रित हुन पनि आह्वान गरे।

    प्राधिकरणले पुनर्निर्माणका खटिएका इन्जिनियरहरूको थप सेवा र सुविधा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको आधारमा उपलब्ध गराउने पनि जनाएको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बन्धित स्थानीय तहले गरेको सिफारिसको आधारमा इन्जिनियरहरुको थप सेवा, सुविधा उपलब्ध गराउने पनि स्पष्ट पारे।

    प्राधिकरणले निजी आवास निर्माणको काम मानवीय संवेदनासँग जोडिएकाले सो काममा ढिलाई नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]