५४ लाख बराबरको क्षति

|

कपिलवस्तु : कपिलवस्तुको शिवराजमा भीषण आगलागीबाट ११ घर जलेर नष्ट भएका छन्। जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका, ६ पैकीवण्डामा शुक्रबार दिउँसो भीषण आगलागी भएको हो।

स्थानीय बुधई कुर्मीको फुसले छाएको कच्चीघरबाट सल्किएको आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट ५४ लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

यस्तै आगलागीबाट ४५ वर्षीय शोन उल्ला मिया घाइते भएका छन्। उनको अहिले स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। आगलागीमा परी एउटा गाई र दुइटा गोरु जलेका छन्।

स्थानीय बुधई कुर्मी, इलाकत मुसलमान, हरि मियाँ, राहद मियाँ, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान, शोन उल्लाह मियाँ, किस्लावती कुर्मी, वहाप मुसलमान र बर्मा कुर्मीको घर जलेर नष्ट भएका छन्।

यसअघि पनि शिवराज नगरपालिकाको वनकसवासमा भीषण आगलागी भएको थियो। तीव्र रूपमा चलेको हावाहुरीका बाबजुद दमकल, प्रहरी, स्थानीयको संयुक्त प्रयासमा अपरान्ह ५ बजे आगो नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.