|

बाँके : घुँडामा चोट लागेर तत्काल वा पछि सुन्निएको, दुख्ने, अड्किने, भर नहुने, आवाज आउने लगायत आन्तरिक मांशपेशी च्यातिएका बिरामीको लागि भेरी अस्पताल नेपालगञ्जमा विशेष प्रकृतिको शल्यक्रिया हुने भएको छ।

चोटपटक लागेर मांशपेशी च्यातिएमा एक्स–रेमा नदेखिने भएकोले विशेष प्रकृतिको शल्यक्रिया (अर्थोस्कोपिक सर्जरी) गर्नुपर्ने चिकित्सकले जनाएका छन्। 

घुँडाको समस्या भएका बिरामीको घुँडामा सानो प्वाल बनाएर अप्रेशन गरिने भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. तिर्थेन्द्र खड्काले जानकारी दिए। १० चैतदेखि १३ सम्म सञ्चालन हुने शिविरमा विशेष छुटको व्यवस्था भएको उनले बताए। एमआरआई गरिसकेर चोटको पहिचान भइसकेका बिरामीको शल्यक्रिया गरिने उनले बताए।  

शिविरमा भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. प्रकाशबहादुर थापा, भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्का र भेरी अस्पतालका हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राहुल मिश्रले शल्यक्रिया गर्ने भएका छन्। शिविरमा काठमाडौँबाट समेत अर्थोपेडिक चिकित्सकले सेवा दिने डा. खड्काले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.