काठमाडौं : देश संघीय संरचनामा गएपछि अञ्चलको अवधारणा हटिसकेको छ। अर्थात् देशमा अहिले अञ्चल छैन। तर 'चौधै अञ्चल ससुराल’ गीतको भिडियो बजारमा आएको छ।
माधव न्यौपानेको रचना र संगीत रहेको गीतमा दोहोरी गायक खुमन अधिकारीले स्वर दिएका छन्। लोक पप शैलीको यो गीतमा गीतमा र्याप भने अराज केशवले गाएका छन्।
अर्जुन तिवारीको छायाङ्कन रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन्। भिडियोमा नायक पल शाहको अभिनय देख्न सकिन्छ।शाहलाई सारा सिर्पाइली र पत्रकार मनु धमलालगायतले साथ दिएका छन्।
हेर्नुहोस् भिडियो–
तपाईंको ईमेल गोप्य राखिनेछ ।