|

विश्वकप पछि पहिलो पटक नियमित कप्तानका रुपमा अर्जेन्टीनी टोलीमा फर्किएका कप्तान लियोनेल मेसकिो पुनरागमन निकै खल्लो भएको छ। विश्वकपपछिको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित हुन पुगेको छ।

रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो। मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा  सहभागिता जनाएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै टोलीलाई जित दिलाउन प्रयास गरेपनि सफल हुन सकेनन् ।

भेनेजुएलाका लागी खेलको छैटौं मिनेटमा नै सालोमोन रोन्डोनले सुरुवाती गोल गरेका थिए। पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले अग्रता दोब्बर पारे। ५९ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई २ गोलको अग्रता दिलाए।

प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डहरुलाई टोलीमा समावेश गरेका थिएनन् । स्कालोनीले पाउलो डीबालालाई पनि बेन्चमा नै सिमित राखेका थिए । कप्तान मेसी पनि चोटका कारण मोरोक्कोविरुद्ध अर्को खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको ग्रोइनमा हल्का समस्या देखिएकाले विश्राम गर्ने निर्णय लिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.