|

सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई केन्द्रीकरण गर्न लागिपरेको आरोप लगाएका छन्।

शनिवार सिन्धुलीमाढीमा नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सुरक्षा अंगको अधिकार, ठूलठूला आयोजनाको अधिकार, सेनाको अधिकारलगायत अधिकार आफैंमा राख्ने प्रधानमन्त्रीको प्रयासले केन्द्रीकरणको लक्षण देखिएको दाबी गरे।

नेपाललाई लोकतान्त्रीकरण गर्न कांग्रेस लागिपरेको बेला सरकारले सत्तालाई केन्द्रीकरण गर्ने प्रयास गर्नु राम्रो नभएको टिप्पणी गरे। 

नेता पौडेलले ओली नेतृत्वको सरकार शान्ति सुरक्षा, विकास निर्माणको र सुशासन कायम गर्न असफल भएको दाबी गरे। ‘अहिलेको सरकार तीन कर्तव्यमा असफल भएको छ,’ उनले भने, ‘जनताको मनमा सुरक्षा दिन सकेको छैन, सरकारको काम गर्ने ढंग छैन, सुशासन कायम गर्न सकेको छैन, भ्रष्टाचार बढेको बढैछ। यसले लोकतन्त्र सकिन्छ।’

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीबारे सरकारलाई धेरै कुरा थाहा भएको बताउँदै सरकारले उक्त पार्टीसँग वार्ता गर्नु पर्नेमा उनले जोड दिए। ‘मैले पहिले पनि भनेको थिएँ सर्पको खुट्टा सर्पले देख्छ भनेर, उनले भने, ‘कम्युनिस्ट सरकार छ, पाइला पाइला थाहा भएको अवस्थामा सुरुमै समाधान गर्नुस भनेकै थिएँ। अहिले सरकारले अनावश्यक बल प्रयोग गर्ने स्थिति बनेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.