काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पतालबाट डिस्चार्ज भएका छन। फुड प्वाइजन भएपछि मन्त्री पोखरेल अस्पताल भर्ना भएका थिए।
बिरामी भएर पाटन अस्पताल ललितपुरमा भर्ना भएका मन्त्री पोखरेल तीन दिनको अस्पताल बसाइँपछि डिस्चार्ज भएका हुन।
मन्त्री पोखरेलको सचिवालयका अनुसार अबको केही दिन मन्त्री पोखरेललाई घरमै बसेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन।
पोखरेलको स्वास्थ्य उपचारमा प्रा. डा. पारसकुमार आचार्यको नेतृत्वमा चिकित्सक संलग्न थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।