|

इन्डियन प्रिमियर लिग आइपिएल सिजन १२ को पहिलो खेलमा भारतका चर्चित क्रिकेटरले नेतृत्व गरेका दुई टिमबीचको खेल जारी छ। पहिलो खेलमा महेन्द्रसिंह धोनीले नेतृत्व गरेको चेन्नई सुपर किंग र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच पहिलो खेल भइरहेको हो।

पहिलो खेलमा धोनीको चेन्नईसामू कोहलीको बैंगलोर ७० रनमा समेटिएको छ। चेन्नईका बलरसामू बैंगलोरका ब्याट्सम्यान टिक्न सकेनन।

बैंगलोरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके। बैंगलोरका ओपनर पार्थिव पटेलले मात्रै २९ रन बनाउन सके। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन।

चेन्नईका हरभजन सिंह र इमरान ताहिरले तीन तीन विकेट लिए भने रवीन्द्र जडेजाले दुई र ड्याने ब्राभोले एक विकेट लिए।  

अबको केही समयमा धोनीको चेन्नई जवाफी ब्याटिङ गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.