राजनीति

पाकिस्तानको राष्ट्रिय दिवसमा काठमाडौंमा विशेष समारोह
SHARES

चैत ९, २०७५

    काठमाडौं : पाकिस्तानको ७९औँ राष्ट्रिय दिवस काठमाडौंस्थित दूतावासले विशेष समारोह गरेर मनाएको छ।

    काठमाडौंस्थित पाकिस्तानी दूतावासले मनाएको पाकिस्तानको राष्ट्रिय दिवसको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए।

    नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गरेको उक्त समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपाल सरकार वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी नागरिक, वरिष्ठ सञ्चारकर्मी तथा समाजक प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

    त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत मजहरले पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको र द्विपक्षीय सम्बन्ध सधै सुमधुर एवं प्रगाढ रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना साकार पार्ने लक्ष्यमा नेपाललाई सफलता मिलोस् भन्दै उनले राष्ट्रिय उत्सवको आजको सन्देश शान्त, समृद्ध र स्थिर दक्षिण एशिया रहेको बताए।

    त्यसअघि शनिबार बिहान महाराजगञ्जस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको थियो। त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले राष्ट्रिय दिवसका अवसरमा जारी गर्नुभएका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]