|

काठमाडौं : साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासंग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक भएको छ।

राजधानीको भृकुटिमण्डपस्थित मेहन्द्र पुलिस क्लबमा चलिरहेको पुस्तक मेलाका अवसरमा थापाको कथासंग्रह सार्वजनिक गरिएको हो। वरिष्ठ साहित्यकार वैरागी काइँला, यादव खरेल, गीतकार एसपी (शंकरप्रसाद) कोइराला, पत्रकार बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, सोही पुस्तकका लेखक राजेन्द्र थापालगायतले कथासंग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक गरेका हुन।

साहित्यीक तथा सांगीतिक प्रस्तुतिसहित भएको कार्यक्रममा लेखक तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित हालका चर्चित गीतहरू गायक गायीकाद्वारा प्रस्तुत गरी कार्यक्रमलाई रोचक र संगीतमय बनाइएको थियो।

पुस्तकमाथि बौल्दै वरिष्ट साहित्यकार वैरागी काइलाले राजेन्द्र थापाका छोटा र मिठा कथाबाट आफू सधैँ प्रभावित भएको बताएका थिए। साहित्यकार यादव खरेलले राजेन्द्र थापाले साहित्यका हरेक विधामा कलम चलाएको र सफल भएको बताए। एसपी कोइरालाले थापाका गीत जति राम्रा र सफल छन् त्यस्तै कथा पनि त्यतिकै सफल पाठकको मन जित्ने रहेका बताए।

पुस्तकको समिक्षा गर्दै पत्रकार तथा साहित्यकार बसन्त बस्नेतले राजेन्द्र थापा साहित्यका धेरै विषयमा सफल भएको उल्लेख गर्दै थापाको लेखन शैली सरल, सहज र प्रभावकारी भएको बताए। उनले नयाँ कथासंग्रहमा  सहज रूपमा पाठकहरूको मन जित्नसक्ने शिल्प लगाएको बताए।

कथासंग्रह ‘फिर्ता चाहियो’ शिखा बुक्सले बजारमा ल्याएको हो भने वितरकमा ज्ञानज्योति बुक्स पब्लिकेसन रहेको छ। पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.