|

इन्डियन प्रिमियर लिग आइपिएल सिजन १२ को पहिलो खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सले सहज जित निकालेको छ। चेन्नईले विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो। 

टस जितेर बैंगलोरलाई बलिङको निम्तो दिएको चेन्नईले ७१ रनको लक्ष्य पाएको थियो। 

७१ रनको लक्ष्य चेन्नईले ३ विकेटको क्षतिमा भेटेको हो। चेन्नईका लागि अम्बाती रायडूले २८, सुरेश रैनाले १९ र केदार जाधवले रन जोडेका थिए। चेन्नईले उक्त लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो। 

चेन्नईका सुरेश रैनाले आइपिएलमा आजको खेलमा ५००० रन पूरा गरेका छन।

बलिङतर्फ बैंगलोरका लागि मोहम्मद सिराज, मोइन अली र युजभेन्द्र चहलले एक-एक विकेट लिएका थिए। 

पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरका ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन।

बैंगलोरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके। बैंगलोरका ओपनर पार्थिव पटेलले मात्रै २९ रन बनाउन सके। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन।

चेन्नईका हरभजन सिंह र इमरान ताहिरले तीन तीन विकेट लिए भने रवीन्द्र जडेजाले दुई र ड्याने ब्राभोले एक विकेट लिए।

आइपिएलको दोस्रो खेलमा भोलि आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादको खेल हुनेछ भने दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स उत्रिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.