|

काठमाडौं : सामान्यतया वैशाख दोस्रो सातादेखि डँढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रुप लिएको छ। बस्तीछेउ, निकुन्ज/आरक्षका जंगलमा धेरै डँढेलो देखिएको छ। मुलुकमा चैतदेखि जेठसम्म बढी डँढेलो लाग्छ।

दक्षिण एसियाली डँढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म देशभरि एक हजार ८७० ठाउँमा डँढेलो लागको जानकारी दिए। धेरै डँढेलो चुरे क्षेत्रमा देखिएको समाचार कान्तिपुर दैनिकमा छ।

अमेरिकी वैज्ञानिक संस्था नासाको ‘मोडिस’ भू–उपग्रहले ५४ जिल्लाका डँढेलो तस्बिर कैद गरेको हो। ‘मोडिस’का अनुसार सबभन्दा बढी डँढेलो उदयपुर, पर्सा, सिन्धुली, धनुषा, बारा, रौतहट, चितवन, नवलपरासी र सर्लाहीमा देर्खिएाके छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.