|

दाङ : प्रतिनिधिसभा सदस्य शान्ता चौधरी आइतबारदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएकी छन्। उनी तुलसीपुर उपमहानगर-६ स्थित तुलसीपुर माध्यमिक विद्यालय सेन्टरबाट परीक्षामा समेल भएकी हुन्।

चौधरीले परीक्षा हलभित्र पस्दै गर्दा आफुलाई बाल्यकालको याद आएको बताइन्। ‘सानोमा स्कुल जाने रहर धेरै लाग्थ्यो, तर जान पाइन,’ उनले भनिन्, ‘आज परीक्षा हलभित्र प्रवेश गर्दैगर्दा आफुलाई बाल्यकालको याद आयो।’

स–साना विद्यार्थीसँगै परीक्षामा सहभागी भएकी ३८ वर्षीया चौधरीले पिएचडी गर्ने सपना समेत सुनाइन्। ‘मेरो पिएचडी गर्ने धोको छ,’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की संसदीय दलकी सचेतक समेत रहेकी उनले भनिन् ‘अब परीक्षाको नतिजा कस्तो आउँछ, त्यहीअनुसार आगामी दिन बढ्नेछ।’ 

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक पढाइ सुरु भएको हो। उनकी १७ वर्षीया छोरी बीनु चौधरी पनि एसइई परीक्षा दिँदै छन्। बीनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कुल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन।

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा पढे लेखेका सदस्यले घोचपेच गर्न थालेपछि पढाइको महत्व बुझेर पढ्न सुरु गरेको चौधरी बताउँछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.