|

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ। नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ। कतार एशिया कपको विजेता टोली पनि हो।

यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्को चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू–२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ। छनोट चरणमा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन। यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेल खेलेको कतार अंक तालिकाको शीर्ष स्थानमा छ। कतारको तीन अंक छ।

त्यसैगरी समान तीन अंक नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अंक तालिकाको अन्तिम स्थानमा छ। छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ। यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन। नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.