|

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको गतिविधि प्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै सांसदहरूको असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबारको  प्रदेश सभा बैठकमा बोल्ने सत्तारुढ दलका सांसद हर्कबहादुर कुँवर, पूर्णा जोशी र महेशदत्त जोशीले सरकारको गतिविधि सुस्त भएको आरोप लगाएका हुन्। अर्थ विकास तथा प्रकृतिको स्रोत समितिका सभापति समेत रहेका सत्तारुढ दलका सांसद हर्कबहादुर कुँवरले सरकारले प्राकृतिक बिपद्मा परेकाहरूलाई राहत दिन नसकेको आरोप लगाए। विकास बजेट खर्च गर्न नसकेको र आफूहरूले संसद्मा उठाएको विषयमा जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, 'हामीले जति कुरा उठाएपनि जवाफ कहीँबाट आउँदैन।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कर्ण मल्ल र डिल्लीराज पन्तले विकास निमार्णका गतिविधिमा सरकारले चासो नदिएको आरोप लगाए। सांसद पन्तले सोधे, ‘अब प्राकृतिक विपत्ति आउने समय भएको  सरकार भइरहेको छ कि छैन’ उनले ठूला विकास योजनामा सरकारी निकाय चासो नदिँदा ढिलासुस्ती हुने गरेको बताए।

विशेष समयमा राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्णबहादुर चौधरीले सरकारले सदनलाई विधेयक दिन नसकेको भन्दै सदन अन्त्यको माग गरे। सांसद चौधरीले भने, ‘हिउँदे अधिवेशनको अन्त्य गर्दै केही समयपछि अब वर्सेअधिवेशन आह्वान गरे हुन्छ।’ सभामुख अर्जन बहादुर थापाले सांसदहरूले उठान गरेको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए। उनले यस विषयमा सरकारलाई पत्र पठाउन प्रदेश सभा सचिवालयलाई निर्देशन दिए।

आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेशको स्वरोजगार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय भएको छ। अर्को बैठक आगामी मंगलबार दिउँसो २ बजे आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.