|

काठमाडौं : राजधानीको भृकुटीमन्डपमा जारी २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको कारोबार गर्दै सम्पन्न भएको छ। तीन दिनसम्म चलेको मेलाका कुल ५७ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जानकारी दिएको छ।

स्वच्छ वातावरण तथा आर्थिक सवृद्धिको लागि पुष्प व्यवसायनाराकासाथ आइतबार सकिएको मेलामा ४५० प्रजातिका पुष्प प्रदर्शन गरिएका थिए। मेलाको अन्तिम दिन २१ हजार अवलोकनकर्ता र २१ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोख्रेलले बताए। मेलाको दोस्रो दिन शनिबार भएकाले सबैभन्दा बढी अवलोकनकर्ता र कारोबार भएको उनको भनाइ छ।

मेलामा ४० रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने फूल अवलोकन तथा बिक्रीका लागि राखिएको थियो। पहिलो दिन शुक्रबार १६ लाखको कारोबार भएकोमा दोस्रो दिन २५ लाख बराबरको कारोबार भएको थियो। शुक्रबार १२ हजार ५ सय जनाले अवलोकन गरेकोमा शनिबार २३ हजार ५ सयले अवलोकन गरेक थिए। मेला अवधिभर  आइतबारसम्म ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा ६० लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान रहेकोमा अनुमान भन्दा ७ लाख बढी अवलोकनकर्ता र ५ लाख बढीको कारोबार भएको मेला संयोजक तथा उपाध्यक्ष शिव बहादुर खड्काले बताए।

मेलाको अन्तिम दिन नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ण परेराले अवलोकन गरेका थिए। मेलाको पहिलो र दोस्रो दिन हर्टिकल्चर सोसाइटीका अध्यक्ष इन्ज राज पान्डे, प्रदेश  ३ का सभासद प्रकाश श्रेष्ठ, काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख हरि कुमार श्रेष्ठ लगायतका सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च पदस्य व्यक्तिहरूले समेत मेलाको अवलोकन गरेका थिए।

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म अवलोकनको व्यवस्था गरिएको मेलामा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोटविरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष थिए।  

मेलामा राखिएका सिँचाइका नयाँ प्रविधि, सजावटका सामग्री, फूलका बीउका स्टल र सजावटका स्टलहरूमा अवलोककर्ताको बढी घुइँचो  लाग्ने गरेको थियो। पुष्प तथा पुष्पजन्य वस्तुहरूको प्रवर्द्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार/प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले आयोजना गरिएको मेलाले उद्देश्यअनुसार उपलब्धि भइरहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। यस २२ औं फ्लोरा एक्स्पोमा जम्मा ८४ वटा स्टल छन्। जसमध्ये अफिसिल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यावसायीक स्टलका लागि ६५ स्टल छन्। मेला अवलोकनकर्ताको सुविधाका लागि फुडस्टल २ वटा छुट्टयाईएको छ। मेलामा करिव आउदो  ४५० जातका  फुलको अवलोकन तथा  खरिद विक्री गर्ने व्यवस्था मिलाइएको छ।

नेपाली पुष्प व्यवसाय आव २०७३/७४ सम्म आइ पुग्दा हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय विस्तार भइसकेको छ। करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३,५०० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइरहेको छ। यस व्यवसायले आव २०७४/७५ मा २ अर्ब २५.२४ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको छ। आव २०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको छ भने निर्यात तर्फ २.३७ करोड बराबरको रहेको छ। समग्रमा पुष्प व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतको हाराहारीमा वार्षिक बृद्धिदर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.