|

रौतहट : एसइई परीक्षामा रौतहटबाट २ जना निरीक्षक निष्काशित भएका छन्। जिल्लाको दुर्गा भगवती गाउँपालिकाअन्तर्गत रहेको मत्सरी माविबाट एक जना र कटहरीया नगरपालिकाको कटहरीया माविबाट १ जना गरी २ जना परीक्षा निरीक्षक निष्काशित भएको शिक्षा विकाश तथा समन्य इकाइ कार्यालय रौतहटले जानकारी दिएको छ।

परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै अनुगमन टोलीले ती २ जना निरीक्षकलाइ निलम्वन गरेको इकाइ कार्यालय रौतहटका प्रमुख जयप्रसाद महतले जानकारी दिए। अन्य परीक्षा केन्द्रमा भने शान्तिपूर्वक परीक्षा सम्पन्न भएको उनले बताए। आइतबारदेखि सुरु भएको एसइई परीक्षामा रौतहटबाट ७ हजार ६ सय ८२ जना परीक्षार्थी सामेल भएका छन्।

३० वटा परीक्षा केन्द्र रहेको रौतहटमा कुनै अप्रिय घटना नभएको ईकाइका प्रमुख  महतले बताए। एसइईमा प्रदेश २ बाट ७० हजार ५ सय १८ जना विद्यार्थी सहभागी छन्।

यसैबीच ५८ वर्षीय अकलु माझी मुसहरले पनि चन्द्रपुर नगरपालिका - ९ स्थित जनजाग्रिती माविको केन्द्रबाट परीक्षा दिएका छन्। कक्षा १ देखि नियमित १० कक्षासम्म डुमरिया माविमा अध्ययन गरेका मुसहरले परीक्षा राम्रो गएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.