|

बझाङ : माटो खन्ने क्रममा बझाङको केदारस्यू गाउँपालिका ४ सुदाडा गाउँ छिल्लेखनजिकै ढिस्कोमा पुरिएर एक महिलाको मृत्य भएको छ भने ४ महिला घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएर केदारस्यू गाउँपालिका ४ सुदाडाकी ४० वर्षीया मुनादेवी भट्टको ज्यान गएको प्रहरीले जनाएको छ। 

ढिस्कोमा पुरिएर सोही ठाउँकी वर्षीया ३८ की धनादेवी भट्ट, ४० वर्षीया कलादेवी भट्ट र जानकी भट्ट शक्त घाइते भएकी छन्। मृतकको सनाखत र मुचुल्का गरी साेमबार दाहसस्कार गरिने र घाइतेलाई देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको अस्थाी प्रहरी चौकी बागथलाका प्रहरी सहायक निरीक्षक बहादुर सिंह धामीले जानकारी दिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.