|

भद्रपुर, (झापा) : अटो टेम्पोसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ बस्ने २४ वर्षीय सौरभ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ह ५३१० नम्बरको अटो टेम्पोले बाटो काट्न खोज्दा सोही दिशाबाट आउँदै गरेको बा ८१ प ८०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक घिमिरेलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भइसकेको जनाइएको छ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बिर्तामोड ८ बस्ने २७ वर्षीया सीता भट्टराई र टेम्पो चालक मेचीनगर १२ बस्ने ५५ वर्षीय राज फागो र टेम्पोमा सवार बुद्धशान्ति ३ बस्ने ७१ वर्षीय कुलबहादुर चेम्जोङ घाइते भएका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। यता मोटरसाइकल र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.