|

सर्लाही : मधेसी जनताले अधिकार नपाउनुमा मधेसवादी दल दोषी रहेको नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन्।

आइतबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक सभालाई सम्बोधन गर्दै  रामचन्द्र पौडेललेले मधेसवादी दलले मधेसी जनतालाई पटकपटक अधिकारका नाउँमा ठगी गरेको बताए। उनले दलका नेताहरू सत्ताकै लागि मरिहत्ते गर्नाले आज मधेसको यो दुर्दशा भएका उनले बताए। नेता पौडेलले हिजो केपी ओलीलाई सतोसराप गरेरै जनताको मत पाएका मधेसी दलहरू आज सत्ता र कुर्सीका लागि ओलीसँगै गला मिलाउन पुगेको टिप्पणी गरे। उनले प्रदेश २ मा मधेसी दलकै सरकार भए पनि मधेसी जनताको लागि केही उल्लेख्य काम गर्न नसकेको आरोपसमेत लगाए।

वर्तमान सरकार पूर्ण रूपले भ्रष्टाचारी भएको आरोप लगाउँदै नेता पौडेलले सरकारले जनताको हितमा भन्दा सरकारको अधिकार केन्द्रीकरण र सत्ता टिकाउने काम मात्रै गरेको जिकिर गरे। उनले सरकारले बितेको एक वर्षमा खासै उल्लेख्य काम नगरेको आरोप लगाए।

नेता पौडेलले मधेसको विकासको मेरुदण्ड रहेको हुलाकी राजमार्ग समयमै निमार्णमा नहुँदा मधेसी जनताले थप दुःख पाएको बताउँदै समयमा निर्माण नहुँदा सुख्खामा धुलो र वर्षातमा हिलोले मधेसी जनताले थप पीडा भोगेको बताए। उनले मधेसलाई मरुभूमिकरण हुनबाट बचाउनको लागि चुरे संरक्षणमा जोड दिनु पर्ने बताए। उनले लोकतन्त्रका लागि ठूलो बलिदानी गरेको मधेसको भूमि जोगाउन तत्काल चुरे संरक्षणमा जुट्नुपर्नेमा जोड दिए। 

आफ्नै पानी जहाज सञ्चालन गर्ने योजनामा रहेको सरकारलाई सबैभन्दा पहिले चुरे संरक्षण गरेर मधेसको उर्बर भूमिमा सिँचाइको व्यवस्था मिलाउन कांग्रेस नेता पौडेलले सुझाव दिए। सर्लाही सदरमुकाम मलंगवास्थित तीनबिघे मैदानमा आयोजित सभालाई पार्टीका केन्द्रीय सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति नागेन्द्र राय लगायतले सम्वोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.