|

तनहुँ : क्षयरोग लागेका बिरामीले रोग लुकाउने समस्या समाधान गर्न नसक्दा रोग न्यूनीकरणको लागि कठिनाइ हुने गरेको पाइएको छ। गरिबीका साथै रोगसम्बन्धी सचेत नहुँदा क्षयरोगका बिरामी बढ्दो छ।

करीव २० प्रतिशत क्षयरोगका बिरामी उपचारका लागि नआउदा न्यूनिकरणमा समस्या भएको स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले बताए। उपचारमा नआउँदा विरामीको चाँडै मृत्यु हुन्छ नै, सरुवा रोग भएकोले अरुलाई सर्ने समस्या पनि बढ्दो छभट्टराईले भने।

जिल्लामा १९० जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। व्यापक गरिबी र अशिक्षाले व्याप्त समाज भएकोले क्षयरोगबाट संक्रमितमध्ये ६० प्रतिशत वयस्क जनशक्ति रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिए। बाराकोटीका अनुसार नेपालमा प्रत्येक दिन एक सय २० जना क्षयरोगका नयाँ विरामी हुन्छन्। बिरामी भएका मध्ये २० जनाको मृत्यु हुने र तीमध्ये २५ जना उपचारमा नै आउँदैनन्,’ उनले भने। 

सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जनस्वास्थ्य समस्याको रुपमा घोषणा गरेको कार्यालयले जनाएको छ। उपचारमा नरहेका एक क्षयरोगीका बिरामीले औषत वर्षमा १० स्वास्थ्य व्यक्तिलाई रोग सार्छन्बाह्रकोटीले भने समय अबको क्षयरोग अन्त्यको भन्ने हालको नारालाई सार्थकता तुल्याउन सबैको सहभागिता हुने गरि चेतना मुलक अभियान सञ्चालन गर्नुपर्छ।

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जिल्लामा रहेको छ वटा गाउँपालिका र चार वटा नगरपालिका गरी १० वटै स्थानीय तहसँग समन्वय गरी लुकेका क्षयरोगी पत्ता लगाउने र रोगबारे जनचेतना मुलका कार्यक्रम लैजान जरुरी रहेको बताए। साथै अधिकारीले व्यास नगरपालिकाले क्षयरोगसम्बन्धी मात्रै काम गर्ने गरी एक जना कर्मचारीको व्यवस्था गर्नको लागि माग गरिएको बताए।

समाजमा हेला हुने डर तथा स्वास्थ्यप्रति सजक रहनुपर्छ भन्ने चेतनाको अभावले रोगको न्यूनीकरणमा समस्या परेको जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्र (जन्त्र) तनहुँका कार्यक्रम संयोजक विक्रम चन्दको बुझाई छ। म्याग्दे गाउँपालिकाको जामुनेमा इट्टाभट्टाका कामदारमा लुकेर रहेको क्षयरोग हामीले पत्ता लगाएपनि विरामीले औषधी सेवन गर्न नमान्दा अझ समस्या भएको चन्दले बताए। अशिक्षाले गर्दा कतिपय विरामी उपचार गर्न मान्दैनन्, त्यसले गर्दा समस्या बढाएको छ,’ उनले भने।

नेपालको अनुपातमा ४५ हजार नयाँ विरामी हुने गरेको छ। त्यसमध्ये ३० हजार क्षयरोगी उपचारका लागि दर्ता हुन्छन् तर १० हजार देखि १५ हजार विरामी उपचारको लागि आउने गरेका छैनन्। समाजमा हेला हुने डरले पनि कतिपय विरामीले रोग लुकाउने गरेको उनको भनाई छ। लुकेर रहेका विरामी पत्ता लगाउन प्रोत्साहन स्वरुप खकार परीक्षणका लागि अस्पतालसम्म लैजान प्रति व्यक्ति आठ सय रुपैयाँ यातायात खर्च दिने गरिएको जन्त्रले जनाएको छ। केन्द्रले ११ महिनादेखि लुकेर रहेका क्षयरोगीको अनुसन्धान गर्दै आएको छ।

विश्व क्षयरोग दिवसमा अन्तक्रिया

स्वास्थ्य कार्यालय तनहुँले विश्व क्षयरोग दिवस आइतबार मनाएको छ। कार्यालयले विश्व क्षयरोग दिवसको अवसरमा पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ।

कार्यालयका प्रमुख रमेश बराकोटीको अध्यक्षतामा अन्तक्रिया कार्यक्रममा दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारी, अस्पतालकी डा.अंगना पराजुली, जनस्वास्थ्य अधिकृतद्वय चन्द्रमणी अधिकारी र ऐश्वर्यचन्द्र भट्टराई, व्यास नगरपालकाका जनस्वास्थ्य संयोजक हरिचन्द्र न्यौपाने, क्षयकुष्ठ सुपरभाईजर शिवचन्द्र महतो, जापाननेपाल स्वास्थ्य तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक विक्रम चन्द, पत्रकार अमरराज नहर्की लगायतले क्षयरोग न्यूनीकरणमा मद्दत पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.