|

आइपिएल १२औँ सिजनको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। 

हैदरावादले दिएको १८१ रनको लक्ष्य कोलकाताले सहजै पार गरेको थियो। कोलकाताले हैदरावादलाई दुई बल बाँकी रहेको अवस्थामा ६ विकेटले पराजित गरेको हो। 

कोलकाताका लागि नीतिश रानाले ६८ र एन्ड्र रशेलले ४९ रन बनाए। रशेल नटआउट रहेका थिए। रोबिन उथप्पाले ३५ रन बनाए भने शुभमन गिल भने १८ रनमा नटआउट रहे। 

हैदरावादका रशिद खान, एस कौल, सन्दीप शर्मा र शकिव अल हसनले एक-एक विकेट लिएका थिए। हैदरावादले कोलकाताका ब्याट्सम्यानलाई रोक्न सकेको थिएन। 

हैदरावादका लागि डेभिड वार्नरले ८५, विजय शंकरले नटआउट ४० र जोनी वरिष्ठोले ३९ रन बनाएका थिए। कोलकाताका लागि एन्ड्रु रशेलले दुई र पियूस चावलाले एक विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.