|

इलाम : एएफसी यु२३ च्याम्पियनसिप छनोटअन्तगर्त समूह '' को दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा ओमानसँग १० गोलले पराजित भएको नेपालका लागि आइतबारको खेल जित्नैपर्ने दबाब रहेको छ।

कतार विरुद्धको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती ११ खेलाडी सार्वजनिक गरेका छन्। नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ।

हेमन्तको स्थानमा नितीन खेल्दै

मिडफिल्डर हेमन्त थापा मगरबाहेक ओमानविरुद्धको खेलमा सबै खेलाडी सुरुवाती ११ मा छन्।  गुरुङको स्थानमा नितीन थापाले खेल्ने छन्।  ओमानसँगको खेलमा दोस्रो मिनेटमै खराब ट्याकलको शिकार भएका मिडफिल्डर हेमन्त थापामगरले बाँकी खेल गुमाउने टोलीका चिकित्सक राजु डंगोलले जानकारी दिए।

४-१-४-१ रणनीतिमा उत्रिदै नेपाल

प्रशिक्षक बालगोपाल मर्हजनले नेपालको टिम ४-१-४-१ को फर्मेसनमा उतार्ने छन्। फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात् ५५ औँ स्थानमा रहेको कतारविरुद्ध खेल्दैछ। एसियन च्याम्पियन कतार विरुद्धको खेल कठिन हुने भए पनि रक्षात्मक रणनीति लिने र काउन्टर एट्याक तथा सेट पिसेस गोलका अवसरमा ध्यान दिने प्रशिक्षक महर्जनले बताए। वान टु वान मार्क गरेर खेल्न सकिए सहज हुने प्रशिक्षकको भनाइ छ।

कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्व पनि हो। नेपालको यस उमेर समुहको टोलीले अहिलेसम्म कतारको सामना गरेको छैन। पहिलो खेलमा शुक्रबार अफगानिस्तानलाई २-० गोलअन्तरले पराजित गरेको कतारको मनोबल उच्च छ। प्रतियोगिता सुरु हुनु अघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्वर्टो फर्नान्डेजले आफूहरू थाइल्याण्डमा अर्को वर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतुर रहेको बताएका थिए।

कतारविरुद्धको नेपाली टिम लाइनअप

गोलरक्षक : अर्पण कार्की

डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ

डिफन्सिभ मिडफिल्ड : तेज तामाङ

 मिडफल्ड : गौरव बुढाथोकी, नितीन थापा, अन्जन विष्ट र सुनील बल 

स्ट्राइकर : विमल घर्तीमगर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.