|

इन्डियन प्रिमियर लिगको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २१४ रनको लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको दिल्लीका लागि रिषभ पन्तले धमाकेदार ब्याटिङ गरेका थिए। उनले २७ बलमा ७८ रन प्रहार गरेका थिए। ७ चौका र ७ छक्का प्रहार गरेका रिषभले १८ बलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसै गरी दिल्लीका लागि कोलिन इन्ग्रामले ४७, शिखर धवनले ४३ र श्रेयस ऐयरले १६ रन प्रहार गरेका थिए। 

मुम्बइले दिल्लीका ६ विकेट झारेको थियो। मुम्बईका लागि मिचेल म्यागलेनेगमले ३, जसप्रित बुमराह, हार्दिक पटेल र बेन कटिङले समान १-१ विकेट लिएका थिए।

पढ्नुहोस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.