निजी क्षेत्रको प्राथमिकता ऊर्जामा, सरकारको पर्यटनमा

|

काठमाडौं : लगनी सम्मेलनमा प्रस्तुत गर्नको लागि आठ क्षेत्रमा ७१ परियोजना तयार पारिएको छ।  विगतमा परियोजनाको तयारी बिनाको सम्मलेनबाट प्रत्यक्ष वैदिशक लगानीमा सहयोग नपुगेको महसुस गरेको सरकारले लगानी सम्मेलन २०१९ मा विस्तृत अध्ययन गरिएका ७१ वटा परियोजना तयार पारिएको हो।

लगानी सम्मेलनमा तयार पारिएका परियोजनामध्ये सबैभन्दा बढी १९ वटा ऊर्जासँग सम्बन्धित आयोजना रहेका छन्। १९ मध्ये ११ वटा निजी क्षेत्रतर्फका रहेका छन् भने आठ वटा सरकार तर्फका रहेका छन्।

ऊर्जापछि पर्यटन पूर्वधारका बढी परियोजना रहेका छन्। पर्यटन पूर्वधारमा सरकारले १४ वटा परियोजना तयार पारेको छ। १४ मध्ये १० वटा सकरार तर्फका रहेका छन् भने चार वटा निजी क्षेत्र तर्फका रहेका छन्। यातायात र शहरी क्षेत्र सरकारी प्राथमकितामा रहेका छन्। यातायातमा ११, शहरीमा सात र कृषिमा आठ वटा परियोजना अघि सारिएको छ।

औद्योगिक पूर्वधारमा निजी क्षेत्रमा तीन र सरकार तर्फबाट तीन वटा आयोजना रहेका छन्। शिक्षा तथा स्वास्थ्य र हवाई पूर्वधार सम्वन्धी तीन-तीन वटा आयोजना रहेका छन्। यसअघि लगानी बोर्डले ६३ वटा परियोजना तयार पारेकोमा आइतबार थप आठ वटा थपेको हो।

सरकारले लगानी सम्मेलनलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रसँग सम्वन्वयत तथा नीतिगत सुधारमा केन्द्रित भएको छ। लगानी बोर्ड स्रोतका अनुसार एक दर्जनभन्दा बढी परियोजनामा सम्जौता गर्न वसदेशी लगानी गर्ता तयार भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.