|

हेटौँडा : हेटौँमा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र फ्रेण्डस क्लब आमनेसामने हुँदैछन्। 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा हुनेछ। पुलिसले यसअघि च्यासल युथ क्लबको चुनौती सडनडेथमा पन्छाउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो। फ्रेण्डस क्लबले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएको हो।

आइतबार भएको खेलमा क्यामरुनी क्लब दाफिन्सले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। दाफिन्सका लागि निर्णायक गोल यानिक ओवानाले गरे। उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए। उनले खेलको म्यान अफ दि म्याचको उपाधिसँगै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

दाफिन्सले सेमिफाइनलमा थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रुपैयाँ प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.