|

रसुवा : जंगली जनावरबाट क्षति भोगेका रसुवा र सिन्धुपाल्चोकका किसानलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत रकम वितरण गरेको छ। निकुञ्जको ४३ औं स्थापना दिवसको अवसरमा रसुवा र सिन्धुपाल्चोकका १० जना किसानलाई राहत रकम वितरण गरिएको हो। 

२०७३ असोजदेखि २०७५ असोजसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा वन्यजन्तुले मानव तथा बालीनालीमा क्षति पुगेको भन्दै निवेदन दिएका १० जनालाई राहत रकम वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन्। राहात पाउनमो उत्तरगया गाउँपालिका–५ लहरेपौवाका तोयानाथ आचार्य, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ की ठूली कान्छी लामिनी, पेमादेकी लामा, ग्याल्जेन लामा रहेका छन्। 

राहत पाउनेमा पासाङ लामा, गोसाइकुण्ड गाउँपालिका–४ लाङटाङका छिरिङ पेमा तामाङ, कालिका गाउँपालिका–१ का बुद्धराम तामाङ र उत्तरगया गाउँपालिका–४ की मिठुमाया वाइबा रहेका छन्। उनीहरुलाई जनही १० हजार रुपैयाँ वितरण गरिएको छ।

यस्तै, उत्तरगया गाउँपालिका–४ की खिलकुमारी भट्टराईलाई ९ हजार ९० र हुमनाथ घिमिरेलाई ९ हजार ५०० रुपैयाँ दिइएको छ। पीडितहरुको जंगली जनावरले बाली र चौपायामा क्षति पुर्‍याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.