|

काठमाडौं : संवैधानिक परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री कार्यालाय सिंहदरबारमा अपरान्ह तीन बजे बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तको  नियुक्तिका लागि सिफारिस गर्ने छ।  

बैठकमा आइताबारदेखि  नेतृत्वविहीन बनेको निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य सदस्यहरु नियुक्तिका लागि सिफारिस हुन सक्ने  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो। निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव छ वर्षे दोस्रो कार्यकाल सकेर आइतबार अवकास पाएका थिए। त्यस्तै आयुक्त इला शर्मा पनि आइतबार नै अवकास पाएकि थिइन्।  

नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा  प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.