|

काठमाडाैं : नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्यान्ह १२ बजे बस्ने बैठकमा नेपाली कांग्रेसले संसदको तेस्रो अधिवेशनको बारेमा समिक्षा गर्ने नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। 

 बैठकमा तीन महिना चलेको तेस्रो अधिवेशनमा पार्टीको उपस्थिति र प्रभावकारीताबारे छलफल समेत हुनेछ।  यसैबीच, कांग्रेसले चौंथो अधिवेशन पूर्व सम्पूर्ण सांसदलाई गाउँ पठाउने भएको छ।

पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै कांग्रेसले सबै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गएर जनअपेक्षा अनुसारका कामबारे जानकारी लिन निर्देशन दिने भएको हो। जिल्ला भ्रमणमा निस्कँदा कार्यकर्ता तथा जनतामा प्रवाह गर्ने सन्देशका विषयमा पनि बैठकमा छलफल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.