|

पोखरा : कास्की प्रहरीले ५८ जना स्वदेशी तथा विदेशी पर्यटकलाई गए राती पक्राउ गरेको छ। पोखरा लेकसाइडको एक रेष्टुरेन्टमा विभिन्न मादक पदार्थ तथा लागु औषध सहितको पार्टीमा सहभागी ४२ विदेशी र १६ जना नेपालीलाई पक्राउ गरेको बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए।

लेकसाइडको द अफिस पव रेष्टुरेन्टमा ट्रान्सपार्टी चलिरहेको र लागूऔषधको कारोबार पनि भएको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बैदाम प्रहरी प्रमुख डिएसपी शाहको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेकामध्येबाट ४२ जना विदेशी मध्ये २८ जनालाई राति नै छोडेको प्रहरीले जनाएको छ।

बाँकी १४ विदेशी र १६ नेपाली अझै बैदाम प्रहरी चौकीमा छन। पार्टीमा सहभागी केहि व्यक्तिको साथबाट लागु औषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.