|

झापा : भारतबाट नेपाल ल्याउँदै गरेको विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा–पानीट्यांकी नाकाबाट प्रकाउ परेका छन।

म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ लैजान लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको आधारमा सीमामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। एसएसबीले रोक्का साथबाट नियोगेल ९० (एक्सप्लोसिव क्लास टु) र ३५५ नम्बर इलेक्ट्रोनिक्स डेटोनेटर बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन।

घटना विवरण अनुसार विगत सात वर्षदेखि आसाम सिलंगको कोइला खानीमा काम गर्दै आइरहेका रोक्का गत चैत ५ गते नेपालबाट भारत गएका थिए। सिलगुडी हुँदै सिलंग पुगेका रोक्काले त्यहाँ गएर मेघालय निवासी मन्त्री भन्ने व्यक्तिबाट सात हजार पाँच भारतीय रुपैयाँमा उक्त विस्फोटक पदार्थ खरिद गरेका थिए।

त्यहाँबाट खरिद गरेको विस्फोटक पदार्थ उनले काकँडभिट्टाबाट नेपाल ल्याउने योजना बनाएको एसएसबीले जनाएको छ। रोक्काले सो विस्फोटक पदार्थ म्यादीकै रुम गाविस बस्ने आरके विश्वकर्मालाई दिन ल्याइएको एसएसबीसँगको बयानमा बताएका छन।

यता विस्फोटक पदार्थसहित पक्राउ गरेका रोक्कालाई आवश्यक कारबाहीका लागि एसएसबीले खोडीबारी पुलिस थानालाई जिम्मा लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.